अर्थ

यस्ताे छ आइतबारको विदेशी मुद्राकाे विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौँ । आज २०८१ साउन २०, अगस्ट ४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३३.७१ रुपैंयाँ र बिक्री १३४.३१ रुपैंयाँ रहेकाे छ । शुक्रबार खरिद १३३.६६ रुपियाँ र बिक्री १३४.२६ रुपैंयाँ थियो ।

त्यस्तै शुक्रबार अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८७.३६ रुपैंयाँ र बिक्री ८७.७५ रुपैंयाँ रहेकोमा आज भने सो मुद्राको खरिद दर ८७.१० रुपैंयाँ र बिक्री दर ८७.४९ रुपैंयाँ छ ।

साथै, आज साउदी रियाल १ को खरिद दर ३६.६६ रुपैंयाँ र बिक्री ३६.५७ रुपैंयाँ रहेकाे छ भने शुक्रबार खरिद ४३७.२७ र बिक्री ४३९.२३ रुपैंयाँ रहेको कुबेती दिनार १ को सटही दर आइतबार भने खरिद ४३७.७९ रुपैंयाँ र बिक्री ४३९.७६ रुपैंयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.