अर्थ

नेप्से परिसूचक ३५.५५ अंकले वृद्धि

By अर्जुन भट्टराई

काठमाडौँ । आज मंगलबार नेप्सेमा फेरि वृद्धि भएको छ । सोमबार २० अंकको गिरावट भए पनि मंगलबार नेप्से सूचक ३५.५५ अंकले बढ्दै २६९६.६५ विन्दुमा उक्लिएको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.२३ अंकले बढ्दै ४८५.३८ विन्दुमा उक्लिएको छ । 

साढे ३५ अंकले नेप्से सूचक बढेको यस दिन १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । 

आज हिमालय रिइन्स्योरेन्सको सबैभन्दा बढी ६० करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ३७ करोड ६७ लाख रुपैयाँ बराबरको र सोल्टी होटल लिमिटेडको ३६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज बैंकिङ, म्युचुअल फण्ड, नन्लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् । 

८१ कम्पनीको सेयर मूल्य बढ्दा आज जम्मा ८ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ । प्रोगेसिव फाइनान्स, वरुण हाइड्रोपावर को.लिमिटेड र नेपाल वेरिङहाउस लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ भने आज एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.