काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ ।
यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको गभर्नरसमेत रहेका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति सार्वजनिक गर्नबाट रोकिएको थियो ।
यस अघि सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा मौद्रिक नीतिमा लचकता अपनाउने सन्देश दिएका थिए । उनले नयाँ सरकार बनेसँगै शेयर बजारमा उत्साह देखिएको भन्दै अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान बनाउने किसिमले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
