अर्थ

यस्ताे छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौँ । आज २०८१ साल साउन १० गते बिहीबार । सन् २०२४ जुलाई २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।


अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्ड बढ्दा यूरोको विनिमयदर घटेको छ ।अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ ।

यस्तै  युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५२ पैसा र बिक्री दर १७३ रुपैयाँ ३० पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.