अर्थ

आज सुन र चाँदीको मूल्य स्थिर

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यो सोमबारकै मूल्य हो ।

यस्तै तेजाबी आज सुन तोलामा १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज सोमबारकै मूल्य स्थिर रही १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.