समाचार

त्रिशुली बस दुर्घटनाः मृतकको संख्या १५ पुग्यो, ४७ जना अझै बेपत्ता

By अर्जुन भट्टराई

काठमाडौँ । पहिरोको कारण मुग्लिन–नारायणघढ सडकअन्तर्गत सिमलतालमा हराएका दुईवटा बस अझै भेटिएका छैनन् । यद्यपी उक्त बसहरुमा सवार रहेको १५ जना यात्रुहरुको शव फेला परेको छ । पहिरोले बगाउँदा त्रिशूलीमा खसेका २ बससँगै बेपत्ता यात्रुमध्ये आज थप १ जनाको शव फेला परेसँगै मृतकहरुको संख्या १५ पुगेको हो ।


सशस्त्र प्रहरी बलले दिएको विवरणअनुसार खोजीका क्रममा पछिल्लोपटक आज बिहान पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका–७ नारायणी नदीमा फेला परेको शवको पहिचान भने खुल्न सकेको छैन ।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा प्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना र काठमाडौँबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ जना गरी जम्मा ६५ यात्रु बससँगै त्रिशूलीमा खसेका थिए ।

तीमध्ये तीन जना पौडिएर बँच्न सफल भए भने बाँकी ६२ जना बेपत्ता थिए । अब अझै ४७ जना भेटिन बाँकी छन् । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.