अर्थ

सुनकाे मूल्य एक हजारले बढ्याे

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा  शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार १०० कायम भएको छ ।

यता चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । बिहीबार १ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने १० रुपैयाँले बढेकाे हो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.