राजनिती

महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही नहुने झाको दाबी

By अर्जुन भट्टराई

काठमाण्डौ । सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही नहुने दाबी गरेका छन् ।

हिजो बुधबार पार्टीको वस्तुस्थितिबारे बुझ्न गरिएको ‘समीक्षा यात्रा’को प्रतिवेदन बुझाएपछि रास्वपाका महामन्त्री ढकालमाथि कारबाही अघि बढाउने तयारी भएको समाचार सार्वजनिक भएको थियो । आफूमाथि कारबाही हुन सक्ने ढकाल आफैँले बताइरहँदा पार्टीको एउटा समूह उनलाई जिम्मेवारीबाट हटाउन लागि परेका छन् ।

सांसद झाले सार्वजनिक समाचार गलत भएको दाबीसमेत गरेका छन् । उनले पार्टीमा बहस स्वभाविक हुने बताउँदै कारबाही नहुने उल्लेख गरेका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.