समाचार

संसद् भवनभित्र प्रहरी जवान मृत अवस्थामा फेला

By अर्जुन भट्टराई

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनको शौचालयमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । उनी संसद् भवनको २ नम्बर गेटमा ड्यूटीमा थिए । उनी आज बिहान ८ बजे २ नम्बर गेट नजिकैको शौचालयमा २२ वर्षीय प्रहरी जवान अजित गोले मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

पारिवारिक कारणले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

अहिले घटनाको मुचुल्का भइरहेको छ । नेपाल प्रहरीको हेडक्वार्टरबाट खटाइएको स्पेसल टाक्स फोर्समा कार्यरत उनी ०७८ मा भर्ना भएका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.