अर्थ

समृद्ध नेपाल निर्माणका लागि लागिपरौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल

By अर्जुन भट्टराई

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेकी छिन् ।
बिहीबार ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ठूलो राजनीतिक परिवर्तन पछि सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे अर्थनीति अवलम्बन गरी देशको आर्थिक विकासको लक्ष्य लिइएको समेत बताइन । मन्त्री भुसालले निजी क्षेत्रका जति संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर र समन्वय गरेर आफ्ना क्रियाकलाप बढाउने विश्वास व्यक्त गरिन् ।

उनले उद्योगी व्यवसायीको समस्यामा समाधान गर्न सरकार प्रतिवद्द रहेको धारणा राखिन् ।कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.