अर्थ

सामान्य घट्याे सुनको मूल्य

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने १ सयले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।   आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९००  रुपैयाँ कायम भएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.