समाचार

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

By अर्जुन भट्टराई

महोत्तरी । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ ।

भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो । सूचनमा  रेल्वे सेवा पुनः साविक बमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइए बमोजिम आज बिहानदेखि सञ्चालन भएको हो । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.