काठमाडौँ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
