अर्थ

घट्याे सुनको मूल्य

By अर्जुन भट्टराई

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार एकैदिन २ हजारले बढेकाे सुनको मूल्य आज तोलामा १ हजार १ सयले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३५ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको  छ । यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैंयाँ पुगेको थियो ।

चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ । चाँदी आज एक हजार ६ सय ४५ रुपैंयाँ कायम भएको महासंघले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.