काठमाडौँ । आज २०८१ साल वैशाख २१ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३ रुपैयाँ २३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७१ पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
