समाचार

शंखमुलमा आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट , लाखौंको क्षति

By अर्जुन भट्टराई

काठमाडौँ । काठमाडौंको शंखमुलमा भएको आगलागीका कारण लाखौंको क्षति भएको छ ।

शंखमुलको दोभान पुल नजिकै भएको आगलागीका कारण पाँचवटा पसल जलेर नष्ट भएको छ भने एक घरमा समेत आंशिक क्षति पुगेको छ । आगलागीका कारण मोटरसाइकल ग्योरज, पान पसल, फलफूल तथा तरकारीपसल र एउटा गाडी ग्यारेजमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगर र काठमाडौं महानगरको दमकलका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको मद्धतले आगलागी नियन्त्रणमा लिएको छ । आगलागीको कारण र पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.