समाचार

अभिनेता भुवन केसी काठमाडौँ बाट मेयर पदमा उठ्दै

By अर्जुन भट्टराई

अभिनेता भुवन केसी पनि काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्।२ ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने उन्नत लोकतन्त्र पार्टीले निर्णय गरेको हो।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।

मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अध्यक्ष नेपालले बताएका छन्।

source -सेतो पाटी 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.