अर्थ

सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । मंगलबार प्रतिताेला २ हजार ७०० ले घटेकाे मूल्य आज भने ५०० ले बढेकाे हाे ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजारमा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीकाे मूल्य भने आज १० रुपैंयाँले बढेर एक हजार ६७० रूपैंयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.