समाचार

धादिङको जंगलमा भएको आगलागीको अझै रोकिएन

By अर्जुन भट्टराई

धादिङ । धादिङको जंगलमा भएको आगलागीको घटना अझै  रोकिएको छैन । जंगलमा मानिसले आफ्नो स्वार्थका लागि डढेलो लगाएको पाइएको छ भने केही स्थानमा आफैँ डढेलो लागेर ठूलो क्षति हुन पुगेको छ ।

बनमा मानिसले लगाएको डढेलोका कारण नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेका एक घर र २ गोठ जलेर नष्ट भएसंगै सो परिवार घरबार बिहिन भएको प्रहरीले बताएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ५ धावेपाखाको बनमा लागेको डढेलोका कारण पुरै जंगल नष्ट भएको छ भने स्थानीय कल्पना ढुंगेलको घर, बाख्रा फर्म, कुखुरा फर्म, गाइको गोठ र भैसी गोठ जलेर नष्ट भएको छ ।

घरमा मानिस नभएको बेला डडेलोबाट आगलागी भएपछि खानेकुरा, कपडा तथा अन्य घरमा रहेको सबै चिज जलेर नष्ट भएपछि परिवार विचल्लीमा परेको पीडितले आफ्नोबारे जानकारी दिएकी हुन् । घटनाबारे प्रहरीले समेत सर्वजमिन मुचुल्का गरेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.