अर्थ

यस्ताे छ आइतबारको विदेशी मुद्राको विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौँ । आज २०८१ साल वैशाख २ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.