अर्थ

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौँ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र  बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.