अर्थ

आज साताको पहिलो दिन, प्रतितोला २ हजार ९०० रुपैयाँले बढ्यो

By अर्जुन भट्टराई

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर तोलाको १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५रुपैयाँमा कारोबार भएको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.