समाचार

अब स्वदेशी पूँजीलाई मुलुकभित्रै लगानी ।

By अर्जुन भट्टराई

उपराष्ट्रपति

उपराष्ट्रपति नन्दकिशोर पुनले स्वदेशी पूँजीलाई मुलुकभित्रै लगानीको बनाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति पुनले केही पूँजीपतिहरु आफ्नो पूँजी बाहिर लैजान खोजेको भन्ने आफूले सुनेको भन्दै स्वदेशी पूँजीलाई स्वदेशमा उपयोग गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गरेका हुन् । उहाले आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उद्योगी व्यवसायीहरुका अहिलेका समस्या र मागहरुलाई सरकारले समयमा नै सम्बोधन गर्नुपर्ने उहाको भनाई छ । उपराष्ट्रपति पुनले उद्योगका लागि चाहिने दक्षजनशक्ति उत्पादनको लागि तालिम केन्द्र लगाएत स्वरोजगार बनाउने काममा केन्द्रीत हुनुपर्ने बताएका छन् ।

उहाले दैनिक उपभोग्य वस्तु देखि ठूला निर्माण सामग्री समेत आयात गरिरहेका भन्दै यस्तो अवस्था जारी रहँदा अर्थतन्त्र सरकारात्मक बन्न नसक्ने धारणा पनि राखेका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.