काठमाडौंमा ट्राफिक नियम उल्लंघन गर्ने **१०७** सवारी चालकलाई **२४** घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार **साउन ३०** गते बिहान **६** बजेसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको हो। कारबाहीमा **तीव्र गतिमा सवारी चलाउने १३३**, रेड लाइट उल्लंघन गर्ने ६४, लेन उल्लंघन गर्ने ४२, अवस्था ठीक नभएका सवारी ४३ र वन–वे उल्लंघन गर्ने १४ जना रहेका छन्। त्यस्तै मापसे गरी सवारी चलाउने ७९, सीसीटीभी निगरानीबाट ३७, हर्न निषेध उल्लंघन गर्ने १९ तथा अन्य कसुरमा ६७६ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले उपत्यकामा सवारी नियम पालना गराउन नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाही
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
