काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ मा परेका संशोधनमाथि छलफल भएको छ । बिहीबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी कानुनलाई दण्डात्मकभन्दा संरक्षणात्मक र अभिभावकीय प्रकृतिको बनाउनुपर्ने धारणा राखे । उनले विभिन्न छलफलपछि विधेयकको नाम ‘अमूर्त सांस्कृतिक सम्पदा संरक्षण’ राखिएको जानकारी दिँदै विधेयक प्रमाणीकरण हुने समयको मिति नै अन्तिम रूपमा कायम हुने बताए । श्रेष्ठले राज्यले बनाउने कानुनमध्ये दण्ड, जरिवाना र कैदको व्यवस्था गर्ने दण्डात्मक कानुन तथा राज्यले अपनत्व र अभिभावकत्व लिने संरक्षणात्मक कानुन हुने उल्लेख गर्दै अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी कानुन संरक्षणात्मक हुनुपर्ने बताए । उनले अमूर्त सांस्कृतिक सम्पदा समुदाय र व्यक्तिको दैनिकीसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसमा गरिने कुनै पनि व्यवस्थाले समुदायको संवेदनशीलतालाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । बैठकमा समितिका सदस्यहरूले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा समुदायको सहभागिता, पूर्वसहमति, सूचीकरणको प्रक्रिया तथा राज्यको अभिभावकीय भूमिकालाई विधेयकमा स्पष्ट रूपमा सुनिश्चित गर्नुपर्ने विषयमा धारणा राखेका थिए ।
अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
