समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७३८ जनालाई कारबाही

By अर्जुन भट्टराई •

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७३८ जनालाई कारबाही

काठमाडौं । पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले ७३८ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९४, हर्न निषेधमा २८, लेन क्रसमा १५, अवस्था ठिक नभएको १०, एकतर्फीमा १० र अन्यमा ४०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.