अर्थ

सुनको मूल्य घट्यो

By अर्जुन भट्टराई •

नेपाली बजारमा आज (**सोमबार**) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार **सोमबार** छापावाल सुन मूल्य २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.