समाचार

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा परे

By अर्जुन भट्टराई •

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा परे

काठमाडौंमा एकै दिन १,१७७ सवारी साधनलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही गरेको छ। कार्यालयका अनुसार आइतबार बिहान ६ बजेसम्मको विवरण अनुसार सबैभन्दा बढी ७०२ सवारी साधनलाई अन्य विभिन्न कसुरमा कारबाहीमा परेका छन्। त्यस्तै, १७८ सवारी साधनलाई तीव्र गतिमा चलाउने, ८६ लाई सीसीटीभी मार्फत, ९९ लाई वन–वे उल्लंघन, ४२ लाई हर्नको दुरुपयोग, ३९ लाई रेड लाइट उल्लंघन, ३९ लाई मादक पदार्थ सेवन (मापसे), ४१ लाई अवस्था ठीक नभएका र ३१ लाई लेन मिच्ने कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ। साथै सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.