काठमाडौं । हाल देशभर **मनसुनी वायुको प्रभाव** रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा **सरदर स्थानको आसपासमा** रहेको छ।
**कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका** सबै भूभाग तथा **लुम्बिनी प्रदेशको पहाडी भूभागमा** साधारणतया बादल लागेको छ भने **मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा** आंशिक बादल लागेको छ।
**कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको** थोरै स्थान तथा **गण्डकी प्रेदशको पहाडी भूभागको** एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
**आज दिउँसो** देशभर साधारणतया बादल लाग्नेछ। देशका **हिमाली र पहाडी भूभागका** केही स्थानमा मध्यमसम्मको **वर्षारहिमपातको सम्भावना** छ। तराई भूभागका थोरै स्थानमा **मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना** छ। **बागमती, गण्डकी र कर्णाली प्रदेशका** पहाडी भूभागका एकरदुई स्थानमा **भारी वर्षाको सम्भावना** छ ।
**आज राति** देशभर साधारणतया बादल लाग्नेछ। देशको **हिमाली भूभागका** थोरै स्थानमा मध्यमसम्मको **वर्षारहिमपातको सम्भावना** छ। **मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका** पहाडी र तराई भूभागका केही स्थान तथा **लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका** पहाडी र तराई भूभागका थोरै स्थानमा **मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना** छ। **कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका** पहाडी भूभागका एकरदुई स्थानमा **भारी वर्षाको सम्भावना** छ ।
