समाचार

प्राविधिक शिक्षा परिषद्का कर्मचारीद्वारा चरणबद्ध आन्दोलन

By अर्जुन भट्टराई •

प्राविधिक शिक्षा परिषद्का कर्मचारीद्वारा चरणबद्ध आन्दोलन

प्राविधिक शिक्षा परिषद्का करार तथा ज्यालादारी कर्मचारीद्वारा चरणबद्ध आन्दोलन घोषणा गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। समितिले ९ बुँदे मागपत्र परिषद् व्यवस्थापनसमक्ष पेश गरिएको उल्लेख गर्दै २०७७ सालदेखि विभिन्न चरणमा आन्दोलन तथा वार्ताका प्रयास भए पनि हालसम्म कुनै ठोस सम्बोधन नभएको जनाएको छ। साउन १३ गते कार्यालय प्रमुखमार्फत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको तथा साउन १४ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पेनडाउन गर्ने, साउन १५ गते सोही अवधिमा प्रशासनिक तथा आर्थिक शाखाको कामकाज ठप्प पार्दै धर्ना दिने, साउन १८ गतेदेखि प्रशासनिक तथा आर्थिक शाखाको काम पूर्ण रूपमा बन्द गर्ने तथा धर्ना जारी राख्ने, साउन २२ गतेदेखि शैक्षिक गतिविधि र परीक्षा सम्बन्धी कामकाज ठप्प पार्ने तथा साउन २५ गते केन्द्रीय कार्यालयमा घेराउ गर्ने कार्यक्रम रहेको छ। संघर्ष समितिले व्यवस्थापन पक्षले माग सम्बोधनमा थप ढिलाइ गरे आन्दोलनका कार्यक्रम अझ सशक्त बनाइने चेतावनी दिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.