काठमाडौं महानगरपालिकासँग ऊर्जा मन्त्रालयले सहकार्य विस्तार गर्दै सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्त रूपमा अघि बढाउने प्रस्ताव गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा यसका लागि प्रस्ताव गरे। मन्त्री श्रेष्ठले महानगर क्षेत्रमा भूमिगत पानी पुनर्भरण, सौर्य सडक बत्ती विस्तार र व्यवस्थापन, सम्पदा मैत्री विद्युतीकरण र फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनामा सहकार्य गर्न प्रस्ताव गरे। उनले सहरी सेवा प्रवाहलाई थप प्रभावकारी र दिगो बनाउन संयुक्त प्रयास आवश्यक रहेको धारणा राखे। छलफलका क्रममा मेयर डंगोलले मन्त्री श्रेष्ठको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै महानगरपालिकाले सम्बन्धित विषयमा आन्तरिक तयारी गरी विस्तृत कार्य योजनासहित मन्त्रालयमा प्रस्ताव पेस गर्ने बताइन्।
काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव
By अर्जुन भट्टराई •
Related Posts
अर्थ
नैमा एक्स्पोमा भीडको संख्या बढ्यो, अर्को पल्ट अटो बजारमा बढ्यो कारोबारको आशा
१ भदौ २०८३
अर्थ
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता
३१ श्रावण २०८३
अर्थ
नेपालमा बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ
३१ श्रावण २०८३
