आज विश्व बाघ दिवस मनाइँदै छ । नेपालमा पनि बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन थालिएको हो । बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन लगायतका विषयमा केन्द्रीत भई यो दिवस मनाउने गरिन्छ ।
विश्व बाघ दिवस मनाइँदै छ
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
