आजको मौसममा हाल देशभर **मनसुनी वायुको प्रभाव** रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको **पूर्वी भूभाग**मा सरदर स्थानको आसपासमा तथा नेपालको **पश्चिम भूभाग**मा सरदर भन्दा उत्तरतर्फ रहेको छ।
**कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश**मा साधारणतया बादल लागेको छ । **मधेश, बागमती र गण्डकी प्रदेश**का तराई भूभागमा आंशिक बादल लागेको छ । **बागमती प्रदेश**का केही स्थानमा **कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश**का थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।
आज दिउँसो देशको **हिमाली र पहाडी भूभाग** तथा **बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश**का तराई भूभागमा साधारणतया बादल लाग्नेछ। **मधेश प्रदेश** तथा **कोशी प्रदेश**को तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका **हिमाली भूभाग**का केही स्थानमा मध्यमसम्मको वर्षा र **हिमपात**को सम्भावना छ । देशका **पहाडी भूभाग**का धेरै स्थानमा **मेघगर्जन र चट्याङ्ग**सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। **बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश**का तराई भूभागका केही स्थान तथा **कोशी प्रदेश**को तराई र **मधेश प्रदेश**का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । **कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश**का पहाडी भूभागका एकरदुई स्थानमा **भारी वर्षा**को सम्भावना छ । **सुदूरपश्चिम प्रदेश**का तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको **हिमाली भूभाग**का थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका **पहाडी भूभाग**का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको **तराई भूभाग**का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। **कोशी, बागमती र गण्डकी प्रदेश**को पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
