कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले **नेपाल कानून आयोग ऐन, २०६३** संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग *_राय तथा सुझाव_* माग गरेको छ । सोमबार मन्त्रालयले एक सुचना जारी गर्दै **सूचना प्रकाशित भएको मितिदेखि ७ दिनभित्र** आफ्नो *_राय तथा सुझाव_* उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयका अनुसार **विधायन ऐन, २०८१** को दफा ६ को उपदफा (२) बमोजिम उक्त विधेयकको मस्यौदा तथा त्यसको *_तर्जुमा गर्नुको कारण र सम्भावित प्रभावबारे_* सर्वसाधारणको *_राय संकलन_* गर्न सूचना प्रकाशित गरिएको हो । मन्त्रालयले *_इच्छुक नागरिक, सरोकारवाला तथा सम्बन्धित पक्षलाई_* मन्त्रालयद्वारा सञ्चालित *_सुझाव पोर्टल_* मार्फत आफ्नो *_राय तथा सुझाव_* उपलब्ध गराउन अनुरोध गरेको छ ।
नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा सुझाव दिने आग्रह
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
