समाचार

मोरङमा डिजेको प्रयोगमा प्रतिबन्ध

By अर्जुन भट्टराई •

मोरङमा डिजेको प्रयोगमा प्रतिबन्ध

मोरङ जिल्लामा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने सार्वजनिक तथा निजी कार्यक्रममा यो प्रतिबन्ध लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी पवन कोइरालाद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य कुनै पनि कार्यक्रममा डिजेको प्रयोग गर्न वा गराउन निषेध गरिएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको उल्लङ्घन गरी कसैले डिजेको प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण जिल्लावासीलाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.