विज्ञापन प्रसारणअघि बोर्डबाट परीक्षण अनिवार्य हुनेछ । **विज्ञापन बोर्डले** बोर्डबाट परीक्षण तथा स्वीकृति प्राप्त नगरी कुनै पनि **श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री** प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ । विभिन्न **सञ्चारमाध्यममार्फत** बोर्डको पूर्वस्वीकृतिबिना विज्ञापन सामग्री प्रसारण भइरहेको पाइएको **विज्ञापन बोर्डले** जनाएको हो । विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देश जस्ता अनिवार्य विवरण कतिपय विज्ञापनमा उल्लेख नगरिएको पाइएको छ । केही विज्ञापनमा **तथ्यहीन, अतिरञ्जित** तथा उपभोक्तालाई भ्रममा पार्ने प्रकृतिका विषयवस्तु समेत समावेश भएको **विज्ञापन बोर्डले** जनाएको छ । **विज्ञापन (नियमन गर्ने) ऐन, २०७६** को दफा १५ को खण्ड (ख) तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम ५ बमोजिम विज्ञापन प्रसारण सामग्री परीक्षण गर्ने अधिकार **विज्ञापन बोर्डलाई** रहेको छ । **नेपालभित्र प्रसारण गरिने सबै श्रव्य, दृश्य वा श्रव्यदृश्य विज्ञापन सामग्री** प्रसारणअघि अनिवार्य रूपमा **बोर्डबाट परीक्षण गराई अनुमति लिनुपर्ने व्यवस्था** छ । यस व्यवस्थाको पालना नगरी प्रसारण गरिएका विज्ञापन सामग्रीले उपभोक्तामा गलत सन्देश प्रवाह गर्ने, भ्रामक सूचना फैलाउने तथा निष्पक्ष प्रतिस्पर्धामा असर पार्ने जोखिम रहने **बोर्डको भनाइ छ** । **बोर्डले** हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्रीलाई समेत तत्काल परीक्षण गराई कानूनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । साथै, कानूनविपरीत रहेका विज्ञापन सामग्री तुरुन्त हटाउन सम्बन्धित विज्ञापनदाता, सञ्चारमाध्यम तथा सरोकारवाला निकायलाई निर्देशन दिएको छ । **विज्ञापन बोर्डले** विज्ञापन क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई प्रचलित कानून तथा मापदण्डको पालना गर्न आग्रह गर्दै त्यसको अवज्ञा भए आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाइने संकेत समेत दिएको छ ।
विज्ञापन प्रसारणअघि बोर्डबाट परीक्षण अनिवार्य
By अर्जुन भट्टराई •
Related Posts
अर्थ
नैमा एक्स्पोमा भीडको संख्या बढ्यो, अर्को पल्ट अटो बजारमा बढ्यो कारोबारको आशा
१ भदौ २०८३
अर्थ
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता
३१ श्रावण २०८३
अर्थ
नेपालमा बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ
३१ श्रावण २०८३
