काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार मनाइँदैछ । यस पावन अवसरमा देशभर हिन्दू धर्मावलम्बीहरू भगवान् शिवको पूजाआराधनामा तल्लीन छन् ।
साउनको सोमबार हिन्दूहरूका लागि वर्षकै पवित्र दिनमध्ये एक मानिन्छ । यस दिन भक्तजनहरू नदी तथा तलाउमा गई स्नान गर्छन् र त्यसपछि शिवलिङ्ग तथा शिव मन्दिरमा जल र बेलपत्र चढाउने परम्परा छ ।
साउन महिनाभर सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना तथा व्रत बस्ने चलन रहँदै आएको छ । यसरी व्रत र पूजा गर्दा विशेष फल प्राप्त हुने जनविश्वास छ, जसका कारण यो दिन शिवभक्तहरूका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
