अर्थ

२४ घण्टामा ट्राफिक प्रहरीको कारबाही: १,२०९ चालक कारबाहीमा परे

By अर्जुन भट्टराई •

२४ घण्टामा ट्राफिक प्रहरीको कारबाही: १,२०९ चालक कारबाहीमा परे

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १,२०९ सवारी चालकलाई कारबाही गरेको छ।

आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको जाँचमा मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) ९६ जना, राइड सेयरिङ नियम उल्लंघन गर्ने ५०, रातो बत्ती तोड्ने ५१, र तीव्र गतिमा सवारी चलाउने १४३ चालक कारबाहीमा परेका छन्।

त्यसैगरी, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ५६, लेन क्रस गर्ने २१, अवस्था ठिक नभएको सवारी चलाउने ४३, एकतर्फी बाटो नियम उल्लंघन गर्ने २५ तथा अन्य विभिन्न कारणमा ७२४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.