मनोरंजन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ गीतमा रेबिका मगरको दमदार अभिनय, सामाजिक सञ्जालमा चर्चा

By अर्जुन भट्टराई •

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ गीतमा रेबिका मगरको दमदार अभिनय, सामाजिक सञ्जालमा चर्चा

काठमाडौं। नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा मगरको नयाँ गीत ‘सोल्टिनी सेवारो’ यतिबेला चर्चामा छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया आइरहेको छ र छोटो समयमै सामाजिक सञ्जालमा यसले राम्रो चर्चा बटुलेको छ।

यो गीतका शब्द तथा संगीत गायक एवं संगीतकार एनिस एन्जल राईले तयार पारेका हुन् भने संगीत संयोजनको जिम्मेवारी राजु कार्कीले सम्हालेका छन्। गीतको रेकर्डिङ विप्लव अधिकारीले ड्रिम्स रेकर्डिङ स्टुडियोमा गरेका हुन्, जबकि मिक्सिङ तथा मास्टरिङको काम प्रकाश केसीले गरेका छन्।

‘सोल्टिनी सेवारो’ विशेष गरी राई–लिम्बू समुदायको रीतिरिवाज र संस्कृतिलाई आधार बनाएर तयार पारिएको गीत हो। प्रेम, सम्बन्ध र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतले समकालीन युवा पुस्ताको भावनालाई पनि समेटेको छ।

गीतको भिडियो मकवानपुर जिल्लाका केही रमणीय स्थानहरूमा छायांकन गरिएको हो। भिडियोमा गायक सुनिल थापा मगर आफैंले अभिनय गरेका छन् भने नायिकाको भूमिकामा रेबिका मगर छिन्। भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका छन्। क्यामेरा तथा ड्रोनको जिम्मेवारी सन्जोक श्रेष्ठले सम्हालेका छन्, श्रृंगारमा प्रिया मगरको भूमिका रहेको छ भने भिडियोको निर्देशन, कलर करेक्सन तथा कलरको काम एकान्त मगरले गरेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.