काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
तरकारीतर्फ हेर्दा, गोलभँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १५ रुपैयाँ र गोलभेँडा सानो (टनेल) २४ रुपैयाँ रहेको छ । आलु रातो (लाम्चो) ४६ रुपैयाँ, आलु रातो (भारतीय) ३३ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५४ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।
गाँजर (लोकल) १०० रुपैयाँ, बन्दा (लोकल) २५ रुपैयाँ, काउली स्थानीय ८० रुपैयाँ, मूला रातो २५ रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ र भन्टा डल्लो ७० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
घिउ सिमी (लोकल) र घिउ सिमी (हाइब्रिड) दुवै ११० रुपैयाँ प्रतिकिलो, घिउ सिमी (राजमा) १२० रुपैयाँ, तीते करेला, लौका, परवर (लोकल) र घिरौला प्रत्येक ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो (डल्लो र लाम्चो) दुवै ६० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ५० रुपैयाँ प्रतिकिलो रहेको छ ।
सागपातमा रायोसाग र पालुङ्गो प्रत्येक २०० रुपैयाँ, चमसुरको साग र तोरीको साग प्रत्येक १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । च्याउमा कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ । कुरीलो ३०० रुपैयाँ र न्युरो १०० रुपैयाँ प्रतिकिलो रहेको छ ।
फलफूलतर्फ स्याउ (फूजी) २८० रुपैयाँ, केरा नेपाली २०० रुपैयाँ प्रतिकिलो र केरा (मालभोग) दर्जन १८० रुपैयाँ तोकिएको छ । कागती १६० रुपैयाँ, अनार ४५० रुपैयाँ, आँप (मालदह) र आँप (दसहरी) दुवै १८० रुपैयाँ प्रतिकिलो रहेको छ । भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) १५ रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, मेवा (नेपाली) ८० रुपैयाँ र मेवा (भारतीय) १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
