समाचार

हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, फरार महिलाको खोजी तीव्र

By अर्जुन भट्टराई •

हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, फरार महिलाको खोजी तीव्र

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालयअगाडि एक पुरुष रगतैरगतमा भिजेको अवस्थामा मृत फेला परेका छन्।

मृतकको पहिचान मकवानपुरकै थाहा नगरपालिका वडा नम्बर ३, चित्लाङ निवासी आसमान गोपालीका रूपमा भएको प्रारम्भिक जानकारीले देखाएको छ।

घटनास्थलमा ठूलो परिमाणमा रगत देखिएको छ। घटनाका बेला मृतकसँगै रहेकी एक महिला फरार भएकी छन् र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

घटनाको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री स्वयं घटनास्थलमा पुगी अनुसन्धानको नेतृत्व गरिरहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर राजु बिष्ट पनि घटनास्थलमा खटिएका छन्।

प्रहरीले घटनास्थललाई सुरक्षा घेराभित्र राखेर प्रमाण सङ्कलन र प्रत्यक्षदर्शीसँग सोधपुछ लगायतका अनुसन्धान कार्य तीव्र गतिमा अगाडि बढाएको छ। हेटौँडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष पनि घटनास्थलमा पुगेर मृतकका आफन्तसँग समन्वय र सहयोगमा जुटेकी छन्।

घटनाको वास्तविक कारण, फरार महिलाको संलग्नता र मृत्युको प्रकृतिबारे आधिकारिक निष्कर्ष आउन बाँकी छ। प्रहरीले थप विवरण सार्वजनिक गर्ने क्रम जारी रहेको जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.