अर्थ

सुनचाँदीको मूल्य बढ्यो : कतिमा भइरहेछ आजको कारोबार?

By अर्जुन भट्टराई •

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य २ लाख ८५ हजार ५०० रुपैयाँ थियो।

चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। आज चाँदी ४ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि शुक्रबार यसको मूल्य ३ हजार ३५० रुपैयाँ थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.