धनगढी । अनसनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच एक चरणको वार्ता सम्पन्न भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दुवै पक्षबीच छलफल भएपछि केसी पक्ष अहिले थप परामर्शमा जुटेको छ।
वार्तापछि डा. केसीका सहयोगी डा. अमृत जैसीले वार्ता सकारात्मक रहेको जानकारी दिए। तर उनले थपे— निर्णयमा पुग्न अझै थप छलफल आवश्यक छ। त्यसका लागि केसी पक्ष आईसीयुमै डा. केसीसँग भेटघाट गरी परामर्श गरिरहेको छ।
हालसम्म वार्तामा के कस्ता विषयमा छलफल भयो भन्ने कुरा भने कुनै पक्षले सार्वजनिक गरेको छैन।
