समाचार

नेपाली कला–साहित्य हाम्रो भावना, इतिहास र पहिचान हो: सभामुख अर्याल

By अर्जुन भट्टराई •

नेपाली कला–साहित्य हाम्रो भावना, इतिहास र पहिचान हो: सभामुख अर्याल

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले गीत, संगीत, साहित्य र कलालाई नेपाली समाजको भावना, इतिहास र पहिचानको रूपमा परिभाषित गरेका छन्।

शनिबार वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्ती तथा ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोह–२०८३ लाई सम्बोधन गर्दै सभामुख अर्यालले भने, ‘गीत, संगीत, साहित्य र कला हाम्रो भावना हो, हाम्रो इतिहास र पहिचान पनि हो। नेपाली जनजीवनका सुख–दुःख, प्रेम–विरह, आशा–आकांक्षा, सामाजिक चेतना र राष्ट्रिय भावनालाई यिनले अत्यन्त प्रभावकारी रूपमा अभिव्यक्त गरेका छन्।’

उनले थपे कि यही समृद्ध परम्परालाई निरन्तरता दिँदै छिन्नलता गीत पुरस्कार गुठीले लामो समयदेखि नेपाली गीत–संगीतका स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएको छ।

सभामुख अर्यालले छिन्नलता गीत पुरस्कार गुठी नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको संस्था भएको पनि उल्लेख गरे। उनका अनुसार यो पुरस्कारले नेपाली गीत–संगीत क्षेत्रमा निरन्तरता, गुणस्तर र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै आएको छ।

यस वर्षको पुरस्कार वितरण अन्तर्गत वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान प्रदान गरियो। यसका साथै डा. नवराज लम्साल (गीत रचना), किरण कँडेल (संगीत सिर्जना), बिमला राई (गायन) र सारिका घिमिरे (युवा प्रतिभा) पनि सम्मानित तथा पुरस्कृत भए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.