काठमाडौं। स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनहरूमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ।
कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार, २०८३ असार ३ गते प्रकाशित सूचनामा तोकिएको म्यादभित्र प्राप्त आवेदनहरूको छानबिन गरिएको थियो। सो छानबिनमा निर्देशिकामा उल्लेखित योग्यता तथा मापदण्ड पूरा गर्ने १३ जनाको आवेदन स्वीकृत भएको समितिले जनाएको छ।
स्वीकृत उम्मेदवारहरूमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्ध काजी श्रेष्ठ, गंगा प्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेका छन्।
