समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, कतिपय स्थानमा भारी वर्षाको चेतावनी

By अर्जुन भट्टराई •

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, कतिपय स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल रहनेछ। हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा पर्न सक्नेछ। यसका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती पनि हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराई भूभागमा आंशिक बादल रहने अनुमान छ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ।

रातको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.