समाचार

राधेराधेको अधुरो १७ तले भवन बन्दै छ खण्डहर (तस्विरहरू)

By अर्जुन भट्टराई •

राधेराधेको अधुरो १७ तले भवन बन्दै छ खण्डहर (तस्विरहरू)

काठमाडौंबाट भक्तपुर प्रवेश गर्ने बित्तिकै राधेराधे चोकमा आँखा पर्ने एउटा विशाल भवन छ — तर यो भवन आज खण्डहरको रूप लिँदै गएको छ।

राधेराधे चोकस्थित ६ रोपनी ३ आना जग्गामा निर्मित यो १७ तले भवन निर्माणकै क्रममा अलपत्र परेको छ। अधुरा झ्याल, खुला कंक्रिट, माथितिर उम्रिएका झार र सुकेको लेउले यो भवनको अवस्था दिनप्रतिदिन थप कुरूप बनाउँदै लगेको छ।

यो अग्लो र अधुरो संरचना त्यहाँबाट हिँड्ने–डुल्ने धेरैको ध्यान आकर्षित गरिरहेको छ।

(तस्विर: प्रमिला कार्की, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.