समाचार

डिजिटल स्वास्थ्य प्रणाली निर्माणमा सरकार प्रतिबद्ध: मन्त्री मेहता

By अर्जुन भट्टराई •

डिजिटल स्वास्थ्य प्रणाली निर्माणमा सरकार प्रतिबद्ध: मन्त्री मेहता

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको विस्तार, टेलिमेडिसिनको प्रभावकारी कार्यान्वयन र राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली निर्माणका विषयमा महत्वपूर्ण छलफल भएको छ।

बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्का, स्मार्ट हेल्थ ग्लोबलका मनोज खड्का र सुशील लेखकसहितको टोलीले मन्त्री मेहतासँग भेट गरी ‘द लास्ट माइलः डिजिटल स्वास्थ्य सम्मेलन २०८३’ का निष्कर्ष तथा सुझाव प्रस्तुत गर्यो।

टोलीले स्थानीय तहमा डिजिटल स्वास्थ्य सेवाका अनुभव, टेलिमेडिसिनको विस्तार, स्वास्थ्य सूचना प्रणालीको एकीकरण, कानुनी तथा नीतिगत सुधार, वित्तीय दिगोपन र तीनै तहका सरकारबीच समन्वयलाई प्राथमिकतामा राखेर राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्यायो।

मन्त्री मेहताले डिजिटल स्वास्थ्यलाई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिँदै सम्मेलनका सुझावहरूको अध्ययन गरेर आवश्यक नीतिगत तथा संस्थागत पहल अघि बढाइने बताइन्। उनले सुरक्षित, अन्तरसञ्चालनीय, समतामूलक र दिगो डिजिटल स्वास्थ्य प्रणाली निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.