काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
तरकारीतर्फ हेर्दा, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १५ रुपैयाँ र गोलभेँडा सानो (टनेल) २७ रुपैयाँ तोकिएको छ । आलु रातो (लाम्चो) ४५ रुपैयाँ, आलु रातो (भारतीय) ३३ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५४ रुपैयाँ प्रतिकिलो रहेको छ ।
गाँजर (लोकल) ९० रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, काउली स्थानीय ८० रुपैयाँ, मूला रातो २५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
घिउ सिमी (लोकल) र घिउ सिमी (हाइब्रिड) दुवैको मूल्य प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ, तीते करेला ६० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर (लोकल) ४० रुपैयाँ र घिरौला ९० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।
फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो डल्लो र लाम्चो दुवै ६० रुपैयाँ, भिण्डी ७० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
सागपातमा रायोसाग १५० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, चमसुरको साग १०० रुपैयाँ र तोरीको साग १०० रुपैयाँ प्रतिकिलो रहेको छ । च्याउतर्फ कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । यसका साथै कुरीलो ३०० रुपैयाँ र न्युरो ९० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।
फलफूलतर्फ स्याउ (फूजी) २८० रुपैयाँ, केरा नेपाली २०० रुपैयाँ प्रतिकिलो र केरा मालभोग दर्जन १८० रुपैयाँ तोकिएको छ । कागती १८० रुपैयाँ, अनार ४५० रुपैयाँ, आँप मालदह र दसहरी दुवै १६० रुपैयाँ प्रतिकिलो रहेको छ । भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो लोकल ५० रुपैयाँ, काँक्रो हाइब्रिड १५ रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, मेवा नेपाली ८० रुपैयाँ र मेवा भारतीय १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
