काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचमा १ हजार ४५८ जना सवारी चालकलाई कारबाही गरेको छ।
बिहीबार बिहानसम्म सञ्चालन गरिएको यस अभियानमा मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) ५२ जनालाई कारबाही गरियो। त्यसैगरी, रातो बत्तीमा सवारी चलाउने ५६ जना, तीव्र गतिमा सवारी चलाउने १४८ जना, लेन क्रस गर्ने ९१ जना, एकतर्फी बाटोमा नियम उल्लंघन गर्ने ४० जना र हर्न निषेध क्षेत्रमा हर्न बजाउने ४४ जना चालक कारबाहीमा परेका छन्।
यसका अतिरिक्त अवस्था ठिक नभएको सवारीसाधन चलाउने ५० जना र यान्त्रिक कारबाहीमा ३५ जना परेका छन् भने अन्य विभिन्न कारणमा ९४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
